आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डिजिटल अर्थव्यवस्थाको अभ्यासले फिजीलाई लाभ

बिहीबार, २६ माघ २०७९, २१ : ५८
बिहीबार, २६ माघ २०७९

फिजी । डिजिटल अर्थतन्त्रको उदयबाट फिजीलाई ठूलो फाइदा पुगेको फिजीका एक वरिष्ठ अधिकारीले बताएका छन् । 

फिजीका उपप्रधानमन्त्री तथा सञ्चारमन्त्री मनोआ कामिकामिकाले डिजिटल अर्थव्यवस्थाको उदयले फिजीका लागि रोजगारीका अवसरहरू वृद्धि, वस्तु र सेवाहरूमा सुधारका साथै सहज पहुँच र देशको समग्र आर्थिक वृद्धिसहित लाभहरू ल्याएको बताए । 

“फिजीलाई ‘टर्बो चार्ज’ गर्न र यसको डिजिटल रूपान्तरण यात्रालाई निरन्तरता दिन लक्षित डिजिटल क्षमताहरूको आवश्यकता पर्दछ,” उनले भने । डिजिटल उपकरण र प्रविधिहरू विकसित आवश्यकताहरूसँग जोड्ने योजना, व्यवस्थापन र तीव्रता हुनु आवश्यक छ ।

“डिजिटल प्रविधिले व्यवसायहरूलाई नयाँ बजारहरूमा पुग्न र उपभोक्ताहरूलाई प्रतिस्पर्धी मूल्यहरूमा उत्पादनहरूको विस्तृत दायरामा पहुँच गर्न सम्भव बनाएको छ,” उनले भने । 

फिजीको सरकारले जनताको विश्वास सुधार गर्न डिजिटल सरकारमा लगानी गरेर पारदर्शिता र जबाफदेहिता बढाउने दिशामा पनि काम गरिरहेको उनले बताए । टापु राष्ट्रमा डिजिटल अर्थव्यवस्थाको विकास गर्नका लागि धेरै पहलहरू अब स्थापित भइसकेका छन् । 

इलेक्ट्रोनिक प्रोफाइलसहित फिजियनहरूले वर्तमान र भविष्यको नयाँपनले सरकारी ई–सेवाहरूमा पहुँच गर्न सक्दछन् । (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप