सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, २७ माघ २०७९, १३ : ११
शुक्रबार, २७ माघ २०७९

झापा । चोरी मुद्दाका फरार प्रतिवादी गौरादह नगरपालिका-८ बस्ने २५ वर्षीय विजय भन्ने रोबिन राजवंशीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला अदालत झापाको २०७८ कात्तिक १४ गतेको फैसलाले चोरी मुद्दामा ६ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप