आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

थप हतियारका निम्ति युक्रेनी राष्ट्रपतिको अनुरोध

शुक्रबार, २७ माघ २०७९, १३ : ३८
शुक्रबार, २७ माघ २०७९

एजेन्सी । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलब्ध गराउन आग्रह गरेका छन् । साथै उनले युक्रेनलाई शीघ्र संघको सदस्यता प्रदान गर्न अनुरोध पनि गरेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनलाई युद्ध जित्नका लागि लामो समयसम्म अथक सहयोग गर्न संघका नेताहरूले सहमति जनाएका बताएका छन् ।

युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण आक्रमण गर्ने ठानेको किएभले आफ्नो सैन्यस्थित सुदृढ तुल्याउन थप हतियार सहायता माग गरेको हो ।  युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले पनि युक्रेनलाई सघाउने बाचा गरेकी छन् । आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले नयाँ १० अर्ब युरो प्रतिबन्ध प्याकेजले रुसलाई आवश्यक पर्ने सैन्य सामानहरूबाट वञ्चित गर्ने बताएकी छन् ।

यसअघि जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीन वटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने घोषणा गरेका थिए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप