सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मदिरा सेवनले के असर गर्छ, कसरी बच्ने ?

शुक्रबार, २७ माघ २०७९, १४ : २१
शुक्रबार, २७ माघ २०७९

काठमाडौं । मानिसहरूले विभिन्न किसिमका मदिरा जाँड, रक्सी, बियर, वाइन, आदि सेवन गर्दछन् । 

मदिराको सेवन विश्वकै एउटा प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको पाइन्छ  । 

यद्यपि मदिरा सेवन सीमित मात्रामा गर्नाले फाइँदा हुने कुराको पर्याप्त पुष्टि भएको हुन सकेको छैन । नसर्ने रोग जस्तै: क्यान्सर, उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी रोग, मानसिक रोग, कलेजोसम्बन्धी रोग निम्त्याउने प्रमुख कारक तत्त्व मदिरा सेवन भएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । 

मदिरा सेवनबाट हुने स्वास्थ्य समस्या र असरहरू

–दुर्घटना तथा चोटपटक लाग्ने

–अशक्त हुने

–सामाजिक सुरक्षा खलबलिने

–घरेलु हिंसा बढ्ने

–आर्थिक र व्यक्तिगत जीवनको विकासमा वाधा गर्ने

मदिराको सेवनबाट हुने स्वास्थ्य समस्याहरु

–स्नायु तथा मनोरोग,छारे रोग तथा बौद्धिक क्षमतामा ह्रास हुने

–रक्तचाप बढ्नुका साथै रगतमा चिल्लाको मात्रा बढाउने र मोटोपना हुने

–कलेजो,मुटु र पेटसम्बन्धी तथा मानसिक रोग र विभिन्न अङ्गहरुको क्यान्सर हुने

–अमलपित्त ग्यासटाइटिस

–पेट तथा आन्द्रामा घाउ हुने

–गर्भवती महिलाले मदिराको सेवन गरेमा बच्चा जन्माउँदा जटिलता आउने, जन्मेको बच्चा शारीरिक र मानसिक रूपमा सुस्त र रोगी हुने तथा गर्भपतन समेत  पनि हुन सक्छ ।

मदिराको सेवन गर्ने कुलतबाट कसरी बच्ने ?

मदिराको सेवनका कारण थुप्रै मानिसहरू अकालमै मृत्युको मुखमा परेका छन् । त्यसैले यसको सेवन नगर्नु नै स्वास्थ्यको लागि राम्रो हुन्छ । 

मदिराको सेवन गर्नबाट उम्किने केही उपायहरू

–साथीभाइको दबाबमा नपर्ने र कसैको लहैलहैमा नलाग्ने

–मदिरापान शुरु गर्दै नगर्ने  र नचाख्ने

–मदिरा सेवनका दीर्घकालीन असरहरूको मनन गर्ने

–स्वास्थ्यकर्मीको सल्लाह लिने वा यसलाई त्याग्न व्यक्ति आफैले दृढ सङ्कल्प अठोट लिने 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप