सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाठेघरको मुखको क्यान्सर, यस्ता हुन्छन् लक्षण

शुक्रबार, २७ माघ २०७९, १६ : ०८
शुक्रबार, २७ माघ २०७९

काठमाडौं । नेपालमा महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको क्यान्सर पहिलो स्थानमा पर्दछ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार पाठेघरको मुखको क्यान्सरका कारणहरु यसप्रकार छन् ।

–धेरै जनासँग असुरक्षित यौनसम्पर्क गर्नु
–कम उमेरमा विहे वा सानैदेखि यौसम्पर्क हुनु
–कम उमेरमा बच्चा जन्माउनु
–धेरै बच्चा जन्माउनु
–पटकपटक गर्भपतन गराउनु
–धूम्रपान गर्नु
–कुपोषण भएका महिलामा
– एचआइभी सङ्क्रमण महिलाहरुमा

पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरु

–यौन सम्पर्क गर्दा रगत देखिनु
–योनीबाट अनियमित रगत बग्नु
–सेतो गन्हाउने पानी आउनु
–तल्लो पेट दुखिरहनु
–दिसापिसाव गर्दा अप्ठ्यारो हुनु
–ढाड दुख्नु,बढी थकाइ लागु
–तौल घट्दै जानु

पाठेघरको मुखको क्यान्सरको रोकथाम तथा उपचार

३० वर्ष माथिका सबै महिलाहरुले नियमति पाठेघरको मुखको परीक्षण गराउनु पर्दछ । सरकारी स्वास्थ्य संस्थामा भी.आइ.ए विधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण निशुल्क रहेको केन्द्रले जनाएको छ । एचआईभी विरुद्धको खोप लगाएर पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने पनि केन्द्रले जनाएको छ । केन्द्रले प्रारम्भिक चरणमै रोग पहिचान भएमा उपचार सहज हुने जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप