सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्ता हुन्छन् स्तन क्यान्सरका लक्षण

शुक्रबार, २७ माघ २०७९, १७ : ३२
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । पछिल्लो समय नेपालमा क्यान्सरका बिरामी बढ्न थालेका छन् । कम सक्रिय जीवन शैली, सुर्तीजन्य तथा मादक पदार्थको सेवन र असन्तुलित खानपानका कारण क्यान्सरका बिरामी बढ्दै गएको बताइन्छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार  स्तन क्यान्सर  हुँदा लक्षणहरू यस्ता देखिन्छन्–

–स्तनबाट असामान्य रूपले दूध,पानी अथवा रगत आउनु

–स्तनको मुन्टोमा असाधारण परिवर्तन हुनु

–स्तनमा गाँठो, गिर्खा आउनु अथवा आकार परिवर्तन हुनु

–स्तन, हाड जोर्नीमा पीडा हुनु, घाउ हुनु,

–शरीरको तौल घट्दै जानु

–स्तनको छाला खुइलिनु अथवा रङ्ग परिवर्तन हुनु

स्तन क्यान्सरलाई सुरुवाती अवस्थामा पहिचान गरी समयमै उपचार गरेको खण्डमा निको पार्न सकिन्छ । १८ वर्षभन्दा माथिका महिलाले प्रत्येक महिना महिनावारी भएको पाँचदेखि सात दिनमा आफ्नो स्तन आफै जाँच गर्नुपर्छ । 

आफैले जाँच गर्दा आकार र रङ्गमा परिवर्तन आएमा तत्काल चिकित्सकलाई देखाउनुपर्छ । अमेरिकी क्यान्सर सोसाइटीको गाइडलाइनअनुसार ४५ वर्षदेखि ६५ वर्षसम्मका महिलाले प्रत्येक वर्ष म्यामोग्राफी जाँच गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप