सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारको अभियोगमा एक जना युरोपेली सांसद पक्राउ

शुक्रबार, २७ माघ २०७९, २१ : ०२
शुक्रबार, २७ माघ २०७९

ब्रसेल्स । भ्रष्टाचार अभियोगमा युरोपेली संसद्का एक जना सदस्य पक्राउ परेका छन् । भ्रष्टाचार अभियोग लागेका बेल्जियमका सांसदको ब्याङ्क सेफ खोजविन गरेपछि सोधपुछका लागि उनलाई पक्राउ गरिएको हो । 

बेल्जियमका सङ्घीय अभियोजनकहरूले आज लिज सहरमा सांसद मार्क ताराबेलामा छापा मारेको थियो । उनलाई सोधपुछका लागि हिरासतमा लिइएको छ । उनले आफू निर्दोष भएको दाबी गर्दै आएका छन् । उनले सफाइ दिने मौका पाउनुपर्नेमा जोड दिँदै आएका छन् । 

भ्रष्टाचारको आशङ्का बेज्यिमका अधिकारीहरूले तीन जनालाई हिरासतमा लिइसकेका छन् ।

सोह्र लाख अमेरिकी डलर नगद भ्रष्टाचार गरेको अभियोगमा उनीहरूसहित संसद्का सहयोगीलाई गत डिसेम्बरमा पक्राउ गरिएको थियो । 

हिरासतमा लिइएकामध्ये एक जना अभियुक्तका प्रेमी हुन् भने अर्का पूर्व सांसद हुन् । -(रासस/ एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप