सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘किसानलाई मल र बीउ सहज उपलब्ध होस्’

शुक्रबार, २७ माघ २०७९, २२ : ०४
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । राष्ट्रिय मधेसी नागरिक समाजले  किसानलाई मल र बीउ उपलब्ध गराउनुपर्ने माग गरेको छ । समाजले मधेस किसानका लागि उर्बर भूमि भए पनि किसानलाई मलको अभाव तथा बीउबिजनको उपलब्धता दिनानुदिन कठिन हुँदा किसानले सास्ती भोग्नुपरेको भन्दै उपलब्ध गराउनुपर्ने माग गरेको हो । 

समाजले आज विज्ञप्ति जारी गरी अहिले नेपाली युवा रोजगारीका लागि विदेश जाने क्रम दिनप्रति दिन झनझन बढ्दै गएको भन्दै देशभित्रै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिएको छ । 

“बेरोजगारी समस्याले सीमा नाघिसकेको छ, अहिले देशमा सबैभन्दा बढी विदेश पलायन हुनेमा मधेसी नागरिक हुन्, जुन राज्यकै तथ्याङ्कले देखाउँछ, राज्यले रेमिटेन्सका रूपमा स्रोत प्राप्त गर्ने तर ती नागरिकका लागि काम गर्ने वातावरण र स्वास्थ्यका विषयमा मौन रहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

आर्थिक, राजनीतिक र समाजिकरूपमा पछाडि परेको मधेसी दलित समुदायको शिक्षा र स्वास्थ्य र रोजगारीलगायत समस्या समाधान गर्नुपर्नेमा समाजको जोड छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप