सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कवि अर्जुन पराजुलीको प्रश्न : राष्ट्रपतिको सवारीको बेला बिरामी हुने को हो त्यो बिरामी ?

शनिबार, २८ माघ २०७९, १३ : २४
शनिबार, २८ माघ २०७९

काठमाडौँ । ब्यङ्ग्यकवि अर्जुन पराजुलीले राष्ट्रपतिको सवारीका बेला वीर अस्पतालका डाक्टरले सुरक्षाकर्मीको कुटाई खाएको विषयमा ब्यङ्ग्य गरेका छन् । शुक्रबार संघीय संसदको दुबै सदनलाई सम्बोधनका लागि राष्ट्रपति विद्या भण्डारी नयाँ बानेश्वर आउने जाने क्रममा काठमाडौँ उपत्यकाको सवारी साधन प्रभावित भएको थियो भने वीर अस्पताल अगाडि प्रहरी र डाक्टरको झडप भएको थियो । 

वीर अस्पताल अगाडि साइकलमा हिँडेका डाक्टर जनिथलाल सिंहलाई सवारीको बेला किन हिँडेको भनेर प्रहरीले कुटपिट गरेपछि उनी अस्पतालमा भर्ना भएका छन् ।  सोही विषयलाई लिएर कवि पराजुलीले सवारीको बेथितिलाई लिएर ब्यङ्ग्य गरेका छन् । 

राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा हिड्ने
को हो त्यो डाक्टर ?!
राष्ट्रपति सवारी हुने बेलामा बिरामी हुने
को हो त्यो बिरामी ?!
डाक्टरसाहेब !
बिरामी चेक गर्न जानै थियो
एक–घण्टा पछि गएको भए के हुन्थ्यो ?!
बिरामीसाहेब !
बिरामी हुने थियो
एक–घण्टा पछि भएको भए के हुन्थ्यो ?!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप