कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ
शनिबार, २८ माघ २०७९, १६ : ५४
कैलाली । कैलालीमा एक युवक पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका-११ जमलपुर बस्ने २८ वर्षीय विजय कठरियाको घरबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड शनिबार बिहान प्रहरीले बरामद गरेको हो ।
उनको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखड र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले घर तलासी गर्दा भान्सा कोठाको बाहिर पर्खालमा कपडाले बेरेर लुकाई छिपाई राखेको उक्त पेस्तोल र गोली फेला पारी बरामद गरेको प्रहरीको भनाई छ ।
हाल फरार कठरियाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।