आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले नेपाली सफ्टवेयर क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्छ : अध्यक्ष पोद्दार

शनिबार, २८ माघ २०७९, १८ : ५३
शनिबार, २८ माघ २०७९

काठमाडौँ । कम्प्युटर एसोसिएसन महासङ्घ (क्यान) का अध्यक्ष रञ्जित कुमार पोद्दारले सरकारले नेपाली सफ्टवेयर क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताएका छन् । अध्यक्ष पोद्दारले न्युज एजेन्सी नेपालसँग काठमाडौँको भृकुटीमण्डपमा गत मंगलवारदेखि माघ २९ गतेसम्म चल्ने क्यान इनफोटेक बारेमा जानकारी दिँदै नेपालमा ४ सय कर्मचारी राखेर नेपालमा नै नयाँ नयाँ सफ्टवेयर निर्माण गर्ने उद्देश्यले कम्पनीहरू अगाडि आएकाले सरकारले उद्योगको रूपमा विकास गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले क्यान सरकारसँग सफ्टवेयरका लागि विदेशी भन्दा मेक इन नेपाललाई प्रमुख प्राथमिकता दिन माग गर्दै आएको बताए । उहाँले भने, ‘हामीले टेक्नोलोजी बेसमा मेला गरिरहेका छौँ । प्रत्येक वर्ष मेलाको आयोजना गर्दा नयाँ टेक्नोलोजी परिवर्तन भइरहेको हुन्छ । यो सूचना प्रविधि मेला प्रत्येक वर्ष गर्ने भएकाले एक वर्षमा हार्डवेयर र सफ्टवेयर टेक्नोलोजीले के फड्को मार्‍यो । यो सबै विषयलाई एउटै थलोमा राखेर नयाँ प्रविधिहरूलाई देखाएका छौँ । मेलामा कुनै पनि पुराना टेक्नोलोजी लिएर आएका हुँदैनौ । मेलामा वस्तु र सेवा प्रदायकहरूको चासो राम्रो रहेको छ । नयाँ टेक्नोलोजी सानो बच्चादेखि वृद्धसम्मलाई आवश्यक परिरहेको छ ।’

‘मेलामा कुनै उमेर समूहको लागि भन्ने छैन । सबै उमेर समूहका मानिसहरूलाई स्वागत छ । अहिले टेक्नोलोजी बिना बाच्न गाह्रो भइसक्यो । भविष्यमा पनि सबैका लागि टेक्नोलोजी अपरिहार्य भएकाले हरेक वर्ष नयाँ नयाँ टेक्नोलोजीको विषयमा जानकारी दिनको लागि मेला आयोजना गरिएको हो । मेलामा सहभागिता भएका कम्पनीहरू व्यापार प्रवर्द्धन गर्न र व्यापार गर्नको लागि हो । मेलामा सबै ब्राण्डिङ टाइपले बसेका छन् । अवलोकनकर्ताहरूले मेला अवलोकन गर्न आउँदा किन्न नपाउने भन्ने माग रहेकाले सामान बेच्नको लागि छुट्टै स्टलको व्यवस्था गरेका छौँ । सफ्टवेयर कम्पनी र आइटी कलेजहरूको पनि स्टल रहेको उनीहरू बेच्नको लागि नभएर भोलिको व्यापारको लागि बसेका हुन्,’ उनले थपे, ‘युवाहरूले मेलाबाट नयाँ प्रविधिको ज्ञान पाउँछ । भोलि टेक्नोलोजीको क्षेत्रमा कुन क्षेत्रमा जान चाहेको छ उसले मेलामा आएर त्यो क्षेत्रमा जानको लागि ज्ञान पाउँछ । नेपालमा सफ्टवेयर कम्पनीहरूलाई उद्योगको रूपमा स्थापना गर्न सकियो भने विदेशमा नेपालबाट सफ्टवेयरको लागि जाने विदेशी मुद्रा नेपालमा नै बस्छ । त्यसलाई सरकारले प्रोत्साहन गर्नुपर्छ । प्रोत्साहन ग¥यो भने देशमा विदेशी मुद्रा भित्रिन्छ । त्यसको लागि क्यानले पहल गर्छ । मेक इन नेपाललाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ । नेपालले नसके मात्रै बाहिर लैजानुपर्छ । एउटा सफ्टवेयर कम्पनीले ४ सय कर्मचारी राखेर केही गर्छु भनेर काम गरिरहेको छ । सरकारले उनीहरूलाई काम गर्ने अवसर दिनुपर्छ ।’

उनले मेलामा सहभागिता भएका कम्पनीहरू व्यापार प्रवर्द्धन गर्न र व्यापार गर्नको लागि स्टल राखेको बताए । उनले मेलामा सबै ब्राण्डिङ टाइपले बसेको भन्दै  अवलोकनकर्ताहरूले मेला अवलोकन गर्न आउँदा किन्न नपाउने भन्ने माग रहेकाले सामान बेच्नको लागि छुट्टै स्टलको व्यवस्था गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप