मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आर्सनल बराबरीमा रोकियो

शनिबार, २८ माघ २०७९, २३ : ०२
शनिबार, २८ माघ २०७९

एजेन्सी । अर्सनल प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डसँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा अर्सनलले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा गोलरहित बराबरी खेलेका अर्सनलका लागि खेलको ६६ औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै अग्रता दिलाएका थिए ।

यता खेलको ७४ औं मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै आर्सनलले २१ खेलमा ५१ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । ब्रेन्टफोर्ड ३४ अंक जोडेर आठौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप