मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मोनाकोले पीएसजीलाई हरायो

आइतबार, २९ माघ २०७९, ०८ : १८
आइतबार, २९ माघ २०७९

मोनाकोले फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको छ । शनिबार राति भएको खेलमा मोनाकोले पीएसजीलाई ३–१ गोल अन्तरले हराएको हो । मोनाकोका लागि विसम वेन एन्डेरले दुई गोल गरे । त्यस्तै एलेक्सान्ड्रा

गोलोभिनले एक गोल गरे । यता पीएसजीका लागि वार्नर जेरइम्रीले एक गोल फर्काए । जितसँगै मोनाकोले २३ खेलमा ४७ अंक जोडेको छ । मोनाको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित पीएसजी ५४ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप