सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महेन्द्र उपाध्यायको ‘मिन्झारी’ विमोचन

आइतबार, २९ माघ २०७९, ०८ : ३७
आइतबार, २९ माघ २०७९

महेन्द्र उपाध्यायको ‘मिन्झारी’ उपन्यास शनिवार विमोचन भएको छ । प्रज्ञा डवली, कमलादीमा भएको कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, पूर्व सांसद तथा लेखिका शान्ता चौधरी तथा लेखक उपाध्यायले पुस्तक संयुक्त रुपमा विमोचन गरेका हुन् ।

सो अवसरमा आख्यानकार पाण्डेले महेन्द्र उपाध्यायको ‘मिन्झारी’आख्यान लेखनमा पहिलो प्रयास भएपनि धेरैको ‘नोटिस’मा पर्ने कृति लिएर आएको बताए । उनले भने,‘प्रत्येक खण्डको सुरुवात र अन्त्य गजबको छ । कथा भन्ने शैलीमलाई गजब लाग्यो ।’

शान्ता चौधरीले ‘मिन्झारी’मार्फत् कमैया, कमलरीका कथा पस्किएर आफ्ना समुदायका समस्या उजागर गरेकोमा लेखक उपाध्यायलाई धन्यवाद दिइन् ।

लेखक उपाध्यायले थरुहट भूमि र थारु समुदायको पक्षमा आफू हिजो पनि रहेको, आजपनि रहेको अनि भोलिपनि रहने प्रतिबद्धता व्यक्त गरे । उनले कैलालीवासी आफूले थारु समुदायलाई नजिकबाट नियालेकाले तिनका कथाव्यथा आख्यानमा समेटेको बताए ।

आख्यान टीकापुर घटनाबाट सुरु गरिएको छ । काबु क्रियशनले प्रकाशन गरेको मिन्झारीको मोल ५७५ रुपैया रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप