मैत्रीपूर्ण खेल खेल्न भारत जाने नेपाली टोलीको बिदाइ
आइतबार, २९ माघ २०७९, ११ : ४४
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ । नेपाली टोलीलाई आइतबार एन्फा कम्प्लेक्समा बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का किरण राई, प्रवक्ता सुरेश शाह लगायतले नेपाली टोलीलाई बिदाइ गरे ।
नेपाली टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ देखि १८ मा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोली सोमबार भारत प्रस्थान गर्नेछन् । मैत्रीपूर्णका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले नेपाली टोलीको घोषणा गरिसकेका छन् ।