आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संयन्त्रको बैठकमा रवि लामिछानेको माग - चितवन–२ मा चाँडै उपनिर्वाचन होस्

आइतबार, २९ माघ २०७९, १२ : ४७
आइतबार, २९ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा चाँडै निर्वाचन गराउन माग गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको सत्ता साझेदार संलग्न उच्चस्तरीय संयन्त्रको बैठकमा सभापति लामिछानेले उक्त माग गरेका हुन् ।

‘मैले चितवन–२ मा चाँडै उपनिर्वाचन होस भनेर प्रधानमन्त्रीलाई भनेको छु,  प्रधानमन्त्रीले यसबारे निर्वाचन आयोगसँग कुराकानी भइरहेको जानकारी दिनु भएको छ’ लामिछानेले बैठक पछि भने । उनका अनुसार सत्ता साझेदार दलमा राष्ट्रपतिका लागि लिएर कुनै मतभेद नभएको र पूर्व सहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन हुनेछ ।

नेपाली नागरिकता नलिई गत निर्वाचनमा भाग लिएको भन्दै सर्वोच्च अदालतले चितवन–२ वाट विजयी लामिछानेको सांसद पद अस्वीकृत गरेको थियो ।  उक्त फैसला पछि चितवन–२ सांसदविहीन अवस्थामा छ । लामिछानेले नेपालको नागरिकता पुनः लिए पछि फेरी निर्वाचन लड्ने मनस्थितिमा छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप