मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘मैत्रीपूर्ण खेलमा सुखद नतिजालाई निरन्तरता दिन्छौँ’

आइतबार, २९ माघ २०७९, १३ : ५०
आइतबार, २९ माघ २०७९

काठमाडौँ । मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाइ गरेका हुन् । २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली सोमवार भारत प्रस्थान गर्नेछ । गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा नेपालले भारतमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

बिदाइ पछि बोल्दै नेपाली टोलीका प्रशिक्षक अनन्तराज थापाले छोटो समयको तयारी भए पनि टोलीले सुखद नतिजा निकाल्ने बताए । दुई साताको अभ्यासमा राम्रो टोली तयार भएको र साफमा भारतलाई हराएकोले खेलाडीमा मनोबल उच्च रहेको प्रशिक्षक थापाले बताए । भारत दक्षिण एसियाको बलियो टोली भएको र भारतसँग खेल्दा खेलाडीलाई राम्रो अनुभव हुने भन्दै मैत्रीपूर्ण खेलमा आफ्नो लक्ष्य सुखद नतिजा रहेको प्रशिक्षक थापाले बताए ।

यस्तै कप्तान एञ्जिालले साफपछि हुन लागेको मैत्रीपूर्ण खेलमा सुखद नतिजालाई निरन्तरता दिने बताइन् । उनले आफ्नो टोलीको मनोबल उच्च रहेको र भारतलाई हराउँदै साफ उपाधि दिलाएपछि टोलीलेको स्तर पनि बढेको बताइन् ।

 टोलीमा अनुभवी र नयाँ प्रतिभावान् खेलाडी समावेश भएको भन्दै राम्रो खेल हुने अपेक्षा कप्तान एञ्जिालले राखेकी छन् । भारतसँगको मैत्रीपूर्ण खेल आगामी ओलम्पिकका लागि अनुभव सँगाल्ने अवसर भएको भन्दै मनोबल उच्च बनाउन जितेर आउने बताइन् । 

पहिलो पटक राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बनेका थापाले नेपाली महिला फुटबल टोलीले आधुनिक फुटबल खेलाउने तयारीमा छन् । एन्फाले मैत्रीपूर्ण खेलले ओलम्पिक छनोट खेलमा अनुभव खेलको रूपमा हेरेको छ । नेपाली टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोली सोमवार चेन्नई प्रस्थान गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप