मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विराट गोल्ड कपको पुरस्कार राशि वृद्धि गर्ने तयारी

आइतबार, २९ माघ २०७९, १४ : २०
आइतबार, २९ माघ २०७९

काठमाडौँ । मोफसलको चर्चित फुटबल प्रतियोगिता विराट गोल्ड कपको पुरस्कार राशि वृद्धि गर्ने तयारी गरिएको छ ।  गत संस्करणको उपाधि विजेता टोली एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसै गरी उपविजेता टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो ।

 तर यस सिजनको विजेताले पाउने पुरस्कारको राशि वृद्धि गर्ने तयारी गरिएको विराट गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले जानकारी दिए । उनले भने ‘विराट गोल्डकपलाई अझ स्तरीय बनाउने तयारीका साथ पुरस्कारको राशि पनि बढाउने सोच बनाएका छौँ ।’  यस पटक कम्तीमा विगतको तुलनामा ४–५ लाख पुरस्कार राशि वृद्धि हुने उनको भनाइ । 

 

यसै गरी उपविजेता हुने टिमले पनि कम्तीमा ३ लाख थप पुरस्कार पाउने छन् । पुरस्कार राशिबारे चाँडै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि कोइरालाले बताए । यसै गरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने  बताइएको छ । यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

 विराट गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म विराटनगरको शहीद रङ्गशालामा हुँदै छ । ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेलबाट उपाधिको छिनोफानो हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप