मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘उपाधि नजिताए पनि केनले आफू उत्कृट भन्ने सावित गरिसकेका छन्’

आइतबार, २९ माघ २०७९, १६ : ०९
आइतबार, २९ माघ २०७९

काठमाडौँ ।  टोटेनहमका खेलाडी ह्यारी केनले विश्व फुटबलमा शीर्ष उपाधिहरु नजिताएको चर्चा धेरै पटक आउने गर्छ । विश्व फुटबलका उत्कृष्ट खेलाडी सावित भएका केनले हालसम्म राष्ट्र र क्लबका लागि कुनै पनि शीर्ष उपाधि दिलाउन सकेका छैनन् । यसै सन्दर्भमा इङ्ल्यान्डका पूर्व खेलाडी तथा प्रिमियर लिगका हालसम्मकै सर्वाधिक गोलकर्ता एलन शियररले केनले शीर्ष उपाधि जिताउन नसेकेपनि उनले आफू उत्कृष्ट खेलाडी भएको सावित गरिसकेको बताए ।

‘केन हालसम्म टोटेनहममा नै किन बसकेका छन् भन्ने मैले बुझिसकेको छु । उनले आफ्नो व्यक्तिगत रुपमा धेरै रेकर्डहरु बनाइ सकेका छन् । अब उनलाई उत्कृष्ट सावित गर्न शीर्ष उपाधि जित्नै पर्छ भन्ने छैन्,’ शियररले भने । शियरर प्रिमियर लिग इतिहासकै हालसम्म सर्वाधिक गोलकर्ता हुन् । उनले लिगमा २६० गोल गरेका छन् । यता वायर्न रुनीले २०८ गोल गरेर सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बन्दा केनले २०० गोल पूरा गरेर तेस्रो स्थानमा छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप