सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

६ महिनामा ९४ अर्ब २१ करोडको धितोपत्र सूचीकृत

आइतबार, २९ माघ २०७९, १६ : ३३
आइतबार, २९ माघ २०७९

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा ९४ अर्ब २१ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएका छन् । अर्थ मन्त्रालयले आज चालू वर्षको बजेटको अर्धवार्षिक समिक्षा गर्दै पुस मसान्तसम्ममा उक्त मूल्य बराबरका धितोपत्र सूचीकृत भएको जानकारी दिएको हो । 

यस अवधिसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २४९ वटा कम्पनी सूचीकृत भएको समेत अर्धवार्षिक समीक्षामा देखाइएको छ । अघिल्लो वर्ष २०७८ सालको पुस मसान्तमा नेप्से परिसूचक २८५७ अंकमा थियो । जबकि, आजको दिनमा नेप्से परिसूचक ७३६ अंकले घटेर २१२१ अंकमा आइपुगेको छ । 

हाल नेप्सेका कूल बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रुपैयाँ कायम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप