आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६ महिनामा सरकारले दियो २५ अर्ब ६० करोड कर छुट

आइतबार, २९ माघ २०७९, १७ : ०१
आइतबार, २९ माघ २०७९

काठमाडौँ । चालू आर्थिक वर्ष सरकारले विभिन्न शीर्षकमा २५ अर्ब ६० करोड ३८ लाख रुपैयाँ कर छुट दिएको छ । आज चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै सरकारले साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको कर छुट दिएको जानकारी दिएको हो । सरकारले महशुलतर्फ र आन्तरिक राजश्वतर्फ गरी कूल २५ अर्ब ६० करोडभन्दा धेरैको कर छुट दिएको जानकारी दिएको छ । यस अवधिमा भन्सार विभागले १८ अर्ब ८ करोड ७ लाख रुपैयाँ बराबरको आयातमा लाग्ने ३ अर्ब १० करोड १० लाख महशुल छुट दिएको छ ।

सरकारले आफ्नो स्वामित्वमा भएका संगठित संस्था, मुनाफारहित सार्वजनिक तथा सामुदायिक संस्था, वैदेशिक ऋण वा अनुदानमा सञ्चालन गरिने आयोजनाले आयात गर्ने वस्तुमा भन्सार छुट दिँदै आइरहेको छ । यसका लागि लगानी बोर्डसँग भएको आयोजना विकास सम्झौता बमोजिम परियोजना विकासका लागि आयोजना वा ठेकेदारको नाममा आयात हुने वस्तुमा समेत कर छुट दिइँदै आएको छ ।

अर्थमन्त्रालयका अनुसार आर्थिक ऐन बमोजिम दस्तुर, शूल्क, महशुल, करको दर पूर्ण वा आंशिकरुपमा मालवस्तु आयात गर्दा छुट दिने गरिएको छ । यही शीर्षकमा भन्सार विभागले साढे ३ अर्बभन्दा बढीको कर छुट दिएको हो । यस्तै, आन्तरिक राजश्वतर्फ आर्थिक ऐन, २०७८ र आयकर ऐन २०५८ को विभिन्न दफा बमोजिम करदातालाई २४ अर्ब ५० करोड २८ लाख रुपैयाँ कर छुट दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप