सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि, श्रम स्वीकृति लिने ६४.६ प्रतिशतले बढे

आइतबार, २९ माघ २०७९, १७ : ०९
आइतबार, २९ माघ २०७९

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को छ महिनासम्ममा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भएको सरकारले जनाएको छ ।अर्थमन्त्री विष्णु पौडेलेले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसारविप्रेषण आप्रवाहरू.५ खर्ब ८५ अर्ब ८ करोड पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई रू.६ खर्ब ४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ( संस्थागत तथा व्यक्तिगत- नयाँ) लिने नेपालीको सङ्ख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६ सय ४३ पुगेको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा  अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५ सय ४८ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २९८.१ प्रतिशतले बढेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप