सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२९० वटा अस्पतालका विस्तृत परियोजना प्रतिवेदन स्वीकृत

आइतबार, २९ माघ २०७९, १७ : ३५
आइतबार, २९ माघ २०७९

काठमाडौँ– स्थानीय तहमा अस्पताल निमार्णका लागि २९० वटा विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती परियोजा प्रतिवेदन स्वीकृत गरेको हो । मन्त्रालयले स्थानीय तहको पाँच, दश र पन्ध्र शैयाका अस्पतालमध्ये हालसम्म २९० वटा विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेको हो । 

आइतबार सार्वजनिक आर्थिक वर्ष  २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षामा ४ सय स्थानीय तहमा अस्पताल निर्माणका लागि रकम निकासा गरिएको उल्लेख छ । त्यस्तै अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा बागमती प्रदेशमा २४ जना चिकित्सकहरुका लागि विभिन्न विषयमा क्लिनिकल अपडेट कार्यक्रम सम्पन्न गरिएको उल्लेख छ । 

उता, सातै प्रदेशका ३३० जना स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरिएको पनि प्रतिवेदनमा उल्लेख छ भने ११२ जनालाई निःशुल्क मृगौला प्रत्यारोपण गरिएको जनाइएको छ ।  बाँके र सिराहमा सक्रिय विधिबाट कुुष्ठरोग परीक्षण गर्दा २७ जना नयाँ विरामी पत्ता लागेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप