सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयद्वारा चार निर्देशिका निर्माण

आइतबार, २९ माघ २०७९, १७ : ३८
आइतबार, २९ माघ २०७९

काठमाडौं । स्वास्थ्य तथा जसङ्ख्या मन्त्रालयले विभिन्न चार वटा निर्देशिका निर्माण गरेको छ । आइतबार आर्थिक वर्ष  २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले एएनसीदेखि पीएनसी कन्टिन्यु अप केयर गाइडलाइन २०७९, सुरक्षित गर्भपतन सेवा कोचिङ र मेन्टरिङ गाइडलाइन २०७९, एसबीए मेन्टरिङ गाइडाइन २०७९ र अपाङ्गतामैत्री प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका २०७९ ल्याएको जनाएको हो । 

यस्तै, पाँचदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप प्रदान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा पहिलो मात्रा ३४ लाख ८० हजार ३४२ जना र दोस्रो ३१ लाख १७ हजार १४ जनालाई प्रदान गरिएको थियो ।

यस्तै, पाठेघरको मुखको क्यान्सरको हालसम्म २० हजार २०२ जनाको निःशुल्क स्क्रिनिङ गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  १२० स्थानीय तहमा नागरिक आयोग्य समिति गठन समेत गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप