सुर्खेतमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु
आइतबार, २९ माघ २०७९, १८ : १६
सुर्खेत । सुर्खेतमा बसले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।
सुर्खेत बसपार्कमा बसको ठक्करबाट अन्दाजी ६२ वर्षीय महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार बा४ख ८०६१ नम्बरको बसले २ बजेको समयमा उनलाई ठक्कर दिएको थियो ।
उनका अनुसार बस चालक भने फरार भएका छन् । बस नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । फरार चालकको खोजीकार्य भइरहेको उनले बताए ।