सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको ८ लाख रकम हेलमेटमा लुकाएर हिँडेका युवक पक्राउ

आइतबार, २९ माघ २०७९, १८ : ४५
आइतबार, २९ माघ २०७९

काठमाडौं । स्रोत नखुलेको रकमसहित भारतबाट नेपाल आउँदै गरेका युवकलाई सशस्त्र प्रहरीले पर्साको वीरगन्जबाट पक्राउ गरेको छ । 

वीरगन्ज महानगरापालिका–१६ स्थित शंकराचार्य गेटबाट २५ वर्षीय रामप्रवेश कुमारलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए । 

हेलमेटमा लुकाएर ल्याएको अवस्थामा उनको साथबाट बिओपी बीरगञ्जबाट खटिएको टोलीले ८ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।

आरोपीले सो रकमको स्रोत खुलाउने सकेका छैनन् । रामप्रवेश वीरगन्ज महानगरपालिका–१६ इनर्वा बस्दै आएका छन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको एसएसपी थापाले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप