मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

युनाइटेडसँग हारेपछि संकटमा लिड्स

सोमबार, ०१ फागुन २०७९, ०७ : ३८
सोमबार, ०१ फागुन २०७९

लिड्स । लिड्सविरुद्धको खेलमा अन्त्यतिर दुई गोल गर्दै म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको उपाधि होडमा आफ्नो दाबेदारी कायम राखेको छ । यता म्यानेजरविहीन रहेको लिड्स भने रेलिगेसनको खतरामा परेको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ८० औँ मिनेटमा मार्कस रासफोर्डले डेडलक तोडेका थिए । लगत्तै सब्सटिट्युट अलेहान्द्रो गारानाचोले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । यसअघि लिड्सले गोलका लागि थुप्रे अवसर सिर्जना गरे पनि युनाइटेडका गोलकिपर डेभिड डि गेयाले त्यसलाई विफल बनाएका थिए ।

२३ खेलपछि ४६ अङ्क बटुल्दै युनाइटेड लिगको तेस्रो स्थानमा रहेको छ । लिड्स भने १९ अङ्कसहित रेलिगेसन क्षेत्रभन्दा मात्र १ अङ्कले माथि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप