आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मानव बेचबिखनको आरोपमा एकजना होटल व्यवसायी पक्राउ

सोमबार, ०१ फागुन २०७९, १४ : ५१
सोमबार, ०१ फागुन २०७९

रुपन्देही । मानव बेचबिखनको आरोपमा रुपन्देहीको तिलोत्तमाका एक होटल सञ्चालकसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा रहेको हेटल हेभनका सञ्चालक तुलसीराम पराजुली र पूजा बिक रहेका छन् । 

दुई वर्षदेखि फरार रहेका पराजुली र बिक केही दिन अघि पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

२०७६ सालमा बुटवलको चौराहामा वेल्कम रेष्टुरेण्ट सञ्चालन गरेका पराजुलीले कामदारको रुपमा पूजा बिकलाई राखेका थिए । पूजाको सहयोगमा अन्य युवतीलाई पनि यौन व्यवसायमा लगाएको आरोपमा उनीहरुविरुद्ध उजुरी परेको थियो । 

बुटवलमा हालैमात्र सरुवा भई आएका प्रहरी नायब उपरीक्षक थापाले पराजुलीविरुद्ध परेको मानव बेचबिखनविरुद्धको उजुरीको फाइल अनुसन्धानका लागि अगाडि बढाएपछि उनीहरू पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक कार्कीले अहिले पराजुली र पूजा दुवैजना प्रहरी नियन्त्रणमा रहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप