आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

एक हजार शिशु जन्मिँदा १० जनामा जन्मजात मुटु रोग

सोमबार, ०१ फागुन २०७९, १७ : १३
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । एक हजारमध्ये १० जना बालबालिकामा जन्मजातरुपमै मुटुसम्बन्धी रोग देखिएको चिकित्सकहरूले बताएका छन् ।  एक हजार जनामध्ये दश जनामा जन्मजातै मुटु रोग लागेको अध्ययनका क्रममा पाइएको सहिद गङ्गालाल हृदय रोग केन्द्रले जनाएको छ । हृदय रोग केन्द्रले  सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले यसबारे जानकारी गराएका हुन् । 

 काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका विद्यालयहरूमा १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा यस्तो समस्या पाइएको  उनको भनाइ छ । 

 नगरपालिका भित्रका सरकारी विद्यालयमा ३८ सय र निजी विद्यालयमा ९ हजार १८० बालबालिकाको इको गरी मुटु परीक्षण गरिएको थियो । ३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा ९ जनामा मुटुको बाथ ज्वरो देखिएको थियो भने १४६ जना जन्मजात मुटु रोग रहेको पाइएको निर्देशक अधिकारीले बताए ।

 निर्देशक अधिकारीका अनुसार मुगु र धादिङको धुनिबसी नगरपालिकाका विद्यालयमा अध्ययन गर्ने ५ देखि १५ वर्षसम्मका बालबालिकाका समेत यसबारे अध्ययन गरिँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप