आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

रास्वपाको विभिन्न विभागमा को–को भए मनोनीत ?

सोमबार, ०१ फागुन २०७९, १८ : ३१
सोमबार, ०१ फागुन २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न केन्द्रीय विभागमा सदस्य मनोनयन गरेको छ । सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले विभिन्न समितिमा सदसय मनोनीत गरेको हो ।

अभियान तथा प्रचार प्रसार विभागमा निरज गौरी, प्रवासी नेपाल सम्पर्क विभागमा कतारबाट राजुराज फुयाल, प्रशिक्षण विभागमा कमल सुवेदी र माधव कडेल मनोनीत भएका छन् । 

यस्तै संगठन विभागमा लुम्बिनी प्रदेश इञ्चार्ज गणेश पौडेल, सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महतरा, उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता हित विभागमा सितल धरेल, जानकी प्रधान, सीता थापा, प्रताप भट्टराई र देवेन्द्र बर्तौला मनोनीत भएका छन् । 

केन्द्रीय गुनासो व्यवस्थापन विभागमा उपप्रमुखमा टेकबहादुर पोखरेल र नरेन्द्र चन्द मनोनीत भएका छन् भने विकास योजना तथा नीति तर्जमामा विसाल अधिकारीलाई मनोनीत गरिएको छ । 

यस्तै सूचना तथा प्रविधि विभागमा केन्द्रीय सदस्य प्रभात अधिकारी र सागर रिजाल तथा गैरआवासिय नेपाली सम्पर्क विभाग विष्णु एकता गुरुङलाई मनोनीत गरिएको छ ।

सल्लाकार समिति गठन गर्ने तयारी थियो । सल्लाहकार समितिमा प्रस्तावित व्यक्तिसँग छलफल गरेर गठन गरिने उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप