सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

सोमबार, ०१ फागुन २०७९, २० : ३२
सोमबार, ०१ फागुन २०७९

जनकपुरधाम । धनुषा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार  अभियुक्तलाई पक्राउ गरेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार  अभियुक्त गणेशमान चारनाथ नगरपालिका ३ का महेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो । 

यादवलाई आवश्यक कारवाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिएका छन् । 

इलाका प्रहरी कार्यालय भरतपुरबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । उनलाई २० वर्ष कैदसहित ८० हजार जरिवाना तोकिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप