सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालाजुको प्रदर्शनमा सहभागी १० जना यातायात मजदुर पक्राउ

सोमबार, ०१ फागुन २०७९, २३ : ००
सोमबार, ०१ फागुन २०७९

काठमाडौं । बालाजुस्थित माछापोखरी क्षेत्रमा प्रदर्शन गर्ने १० जना यातायात मजदुरलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शन स्थलबाट १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए । 

आफ्ना १० बुँदे मागबारे जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा नयाँ बसपार्कको ठेकेरदार कम्पनी लोत्से बहुउद्देश्यिय प्रालिका महाप्रबन्धक सुनिल कुँवर सहितले आक्रमण गरेपछि ‘भिडन्त’ भएको यातायात मजदुरहरुले दावी गरेका छन् । कुँवरसहित लोत्सेकै कर्मचारीले आक्रमण गरेपछि यातायात मजदुरहरुले माछापोखरी क्षेत्रमा दिनभर आन्दोलन गरेका थिए । 

यातायात मजदुरहरुले प्रहरी वृत बालाजुको दुईवटा भ्यान जलाए । बालाजुस्थित ल्होत्से मलमा ढुंगामुढा गरेका छन् । अनुसन्धान गर्न आरोपीहरुलाई नियन्त्रणमा लिइएको एसपी रिजालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप