मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एभर्टनमाथि लिभरपुलको जित

मङ्गलबार, ०२ फागुन २०७९, ०७ : ४१
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौं । मोहमद सालाह र कोडी गोक्पोको गोलको सहयोगमा प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई हराएको छ । सोमबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई २–० गोल अन्तरले हराएको हो । लिभरपुलको जितमा सलाहले खेलको ३६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गरेको हो । 

गाक्पोले खेलको ४९औं मिनेटमा गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । जितसँगै लिभरपुलले २१ खेलमा ३२ अंक जोडेर तालिकाको नवौं स्थानमा छ । पराजित एभर्टन १८ अंक जोडेर १८ औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप