सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
पसल लुटपाट भएपछि व्यवसायीको प्रश्न : हिजो समयमा नै थप फोर्स किन मगाइएन ?
आन्दोलनको नाममा लुटपाट

पसल लुटपाट भएपछि व्यवसायीको प्रश्न : हिजो समयमा नै थप फोर्स किन मगाइएन ?

‘गृहमन्त्रीले आफ्ना मजदुर जोगाउँदा घटना भयो’
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । यातायात मजदुरहरूको आन्दोलनका क्रममा ल्होत्से मलका पसलहरूमाथि तोडफोड र लुटपाट भएपछि त्यहाँका व्यवसायीले सरकार र प्रहरी प्रशासन प्रति आक्रोश व्यक्त गरेका छन् । समयमा नै प्रहरी परिचालन नहुँदा आफूहरूले करोडौँको क्षति व्यहोर्नुपरेको उनीहरूले दाबी गरेका हुन् ।

ल्होत्से मलमा मोबाइल व्यवसाय गरिरहेका सागर वाग्लेले आफूहरूको पसल लुटपाट हुँदा प्रहरी प्रशासन कहीँ पनि नदिएको बताए । उनले भने, ‘हाम्रो पसल तोडफोड र लुटपाट भयो । तर प्रहरी पर बिजी मलमा गएर बसेको थियो । यसमा ठुलो षडयन्त्र छ ।’

आज आफूहरू हिजोको घटनाको विरोधमा आन्दोलन गर्न खोज्दा रोकिएको भन्दै ‘यसरी नै हिजो आन्दोलनलाई किन रोकिएन ?’ भन्दै प्रश्न गरे । यति आजको जति प्रहरी आएको भए हिजो यस्तो दुर्घटना नहुने उनको भनाई छ । ‘हिजो समयमा नै थप थप फोर्स किन मगाएन ?,’ उनले सोधे ।

आफूहरूको करोडौँको क्षति हुँदा पनि अहिलेसम्म आफ्नो गुनासो सुन्न समेत कोही पनि नआएको उनले बताए । ‘हामीले धेरै ठाउँमा गुनासो पोखिसकेका छौँ । तर, सुन्ने कोही भएन,’ उनले भने ।

नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष सोभित प्रसाईंले आन्दोलनको नाममा लुटेराहरूले पसल लुटेको जिकिर गरे । उनले पनि प्रश्न गरे, ‘पसल लुट्दा कहाँ थियो प्रहरी प्रशासन ? हिजो पसल बचाउने भन्दा पनि बाँच्ने भन्ने भयो । नाङ्गो खुकुरी लिएर सडकमा कुदेका छन् ।’

नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै गृहमन्त्री भएको भएर आफ्ना मजदुरहरूलाई समर्थन गर्दा यस्तो घटना भएको उनले आरोप लगाए । उनले यस घटनाको संघले घोर भर्त्सना गरेको पनि बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया