आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट साइकल चालकको मृत्यु

मङ्गलबार, ०२ फागुन २०७९, १३ : ११
मङ्गलबार, ०२ फागुन २०७९

पर्सा। पर्साको वीरगञ्ज महानगरपालिका–२० मा ट्रकले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ । बहुअरीबाट परवानीपुर तर्फ जाँदै गरेको बाग्मती प्रदेश–०३–००१ ख १४१८ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार  नागेन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साइकल चालक ठाकुर परवानीपुरबाट अपौनी चोकतर्फ आउँदै थिए । साइकल मोड्दै गरेको बेल ट्रकले ठक्कर दिँदा उनी रेलिङमा च्यापिएका थिए । उपचारको क्रममा उनको नारायणी अस्पतालमा मृत्यु भएको थियो । ट्रक चालक मकवानपुर घर भएका रमेश गोम्बालाई पक्राउ गरिएको जिप्रका पर्साका डिएसपी दीपक गिरीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप