बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कप्तान रोहितको अर्धशतक पूरा

मङ्गलबार, ०२ फागुन २०७९, १४ : ५०
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौं । रोहित कुमार पौड्यलले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध अर्धशतक बनाएका छन् । 

त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले अर्धशतक पूरा गरेका छन् । 

उनले ४७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ५० रन पूरा गरे । यो उनको एकदिवसीयमा छैटौं अर्धशतक हो । 

उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने खेलाडीको कीर्तिमानी नजिक छन् । 

यसअघि नेपालका लागि कुशल भुर्तेलले अर्धशतक पूरा गरेका थिए । कुशल र रोहित अहिले त्रिजमा छन् । 

यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २८५ रन बनाएको थियो ।

(यसअघि फोटो अन्यथा परेकाले सच्चाइएको छ ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप