बैंकहरुले सेवाग्राहीको अनुमतिबिना सेवा शुल्क लिन नपाउने
मङ्गलबार, ०२ फागुन २०७९, १५ : ५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकको अनुमतिविना सेवा शुल्क लिन नपाउने व्यवस्था रहेको जानकारी दिएको छ । आज एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सेवाग्राहीको अनुमतिविना बैंकहरुले एकतर्फीरुपमा सेवाशुल्क लिन नपाउने जानकारी गराएको हो ।
ग्राहको अनुमतिविना उपलब्ध गराइएका सेवाबापत कुनै शुल्क लिएमा १० प्रतिशत थप गरी ग्राहकको खातामा जम्मा गर्नुपर्ने व्यवस्था समेत छ । सेवाग्राहीले माग नगरेको सेवाबापत बैंक तथा वित्तीय संस्थाले कुन शुल्क लिएको भए केन्द्रीय बैंकलाई जानकारी गराउन समेत भनिएको छ ।