गण्डकी समस्या बोकेर प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री
मङ्गलबार, ०२ फागुन २०७९, १८ : ०७
पोखरा । प्रदेशका समस्या लिएर गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका छन् ।
भेटमा अधिकारीले प्रदेशमा देखिएका समस्याको गाँठो फुकाउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् ।
अधिकारीले संघीय निजामती ऐन, प्रहरी समायोजनका विषयमा छलफल गरेको मुख्यमन्त्री स्रोतले बताएको छ ।