सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘घिर्लिङ’ मा सागर र सिम्पलको प्रेमकथा

मङ्गलबार, ०२ फागुन २०७९, २० : ४८
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । हास्य श्रृखला ‘सक्किगोनी’ मा बलेको चरित्रबाट चर्चित कलाकार सागर लम्साल सिरियको अलवा पछिल्लो समय म्युजिक भिडियोमा लगातार देखिँदै आएका छन् । नाम र दाम दुबै हुने भन्दै उनी लगातार भिडियो अभिनय गरिरहेका हुन् ।

यस्तैमा सागर अभिनीत नयाँ म्युजिक भिडियो ‘घिर्लिङ’ सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक म्युजिक भिडियोमा सागरलाई मोडल सिम्पल खरेलले साथ दिएकी छन् ।

भिडियोमा युवा युवतिको पहिलो भेटदेखि प्रेम र विवाहसँगको प्रशंग रोचक तरिकाले देखाइएको छ । भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

गायक अभिनय निरौला र गायिका रचना रिमालको स्वर रहेको गीतमा शब्द निरौलाकै छ । योगेन्द्र उपाध्यायको  संगीत रहेको गीतमा कुशल सिंहको संगीत संयोजन छ ।  

भिडियोमा विकास धमलाको सम्पादन र वुद्ध थापाको छायांकन छ । मेलबर्न अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक निरौलाका यस अगाडि ‘हुन्न नभन’, ‘अन्तै मबाट’ बोलका गीत आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप