प्रभु साह दम्पतीद्वारा तीनवटा भवनको उद्घाटन
रौतहट । पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साह र उनकी श्रीमती मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले संयुक्त रूपमा तीनवटा भवनको उद्घाटन गरेका छन् ।
दुई जनाले मौलापुर नगरपालिका २ चिरचिरिया स्थित वडा कार्यालय भवन, वडा ५ मौलापुर स्थित वडा कार्यालय, नगर पुस्तकालय र व्यायामशाला तथा योग केन्द्र नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
चिरचिरियाको वडा कार्यालय भवन ६४ लाख नगरपालिका र २५ लाख मधेस प्रदेशको बजेटबाट निर्माण भएको वडाध्यक्ष श्रीभगवान् पटेलले जनकारी दिए ।
त्यस्तै एउटै भवनमा रहेका वडा ५ का वडा कार्यालय , नगर पुस्तकालय र व्यायामशाला तथा योग केन्द्रको भवन एक करोडको लगतमा निर्माण कार्य सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
उक्त भवनमा मौलापुर नगरपालिकाले ६० लाख र सहरी विकास बाट ४० लाखको लगतमा निर्माण भएको वडा ५ का वडाध्यक्ष चन्द्रशेखर साहले बताए।
त्यस्तै जवाहर साह आधारभूत विद्यालय अन्तर्गत ८ कोठे विद्यालय भवनको औपचारिक समुद्घाटन संयुक्त रूपमा सम्पन्न भएको छ।