सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
समाचार

प्रहरीको भ्यानमा आगजनी गरेको आरोपमा दुईजना पक्राउ

ल्होत्से मलबाट मोबाइल लुट्ने ४ पक्राउ
मङ्गलबार, ०२ फागुन २०७९, २२ : १०
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । बालाजु स्थित माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले गरेको प्रदर्शनमा प्रहरीको भ्यानमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप)  र वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी जलाएका थिए ।

आगजनी गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । आफू चढ्ने गाडी समेत जोगाउन नसकेपछि डिएसपी विष्टलाई उपत्यका प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएको छ । बालाजु वृत्तको जिम्मेवारी डिएसपी मनोजित कुँवरलाई दिइएको छ ।

आन्दोलनको मौका छोपेर बालाजुस्थित ल्होत्से मलबाट मोबाइल लुटेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरूको साथबाट ३ वटा मोबाइल बरामद गरिएको छ । मोबाइल लुटमा संलग्नहरूलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

प्रदर्शन स्थलबाट पक्राउ गरिएका ८ जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको छ । प्रदर्शनकारीको आक्रमणमा परेर इन्स्पेक्टर शेर बहादुर बस्नेत सहित १७ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप