आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जोमसामबाट पोखरा जाँदै बस कालीगण्डकीमा खस्यो, १७ जना घाइते

बुधबार, ०३ फागुन २०७९, १३ : १०
बुधबार, ०३ फागुन २०७९

मुस्ताङ । म्याग्दी कोरोला यातायातको यात्रुबाहक बस दुर्घटना भएको छ । जोमसामबाट पोखरा जाँदै गरेको ना७ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ लेतेस्थित कालीगण्डकी नदीमा खसेको हो । 

घाइतेमध्ये ४ जना सामान्य उपचापछि घर फर्किएका छन् भने १२ जनालाई उद्धार गरेर थप उपचारका लागि पोखरा पठाएको छ । यस्तै अर्का १ जनालाई अस्पताल पठाउने तयारी भइरहेको मुस्ताङका डीएसपी रवीन्द्र पौडेलले जानकारी दिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।  

बुधबार भएको दुर्घटनामा बस सडकबाट करिब ३० मिटर तल नदीमा खसेको हो।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप