मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सन् २०२३ को क्लब विश्वकप साउदी अरेबियमा हुने

बुधबार, ०३ फागुन २०७९, १२ : ३४
बुधबार, ०३ फागुन २०७९

फिफा क्लब विश्वकप फुटबल सन् २०२३ साउदी अरेबियामा आयोजना हुने भएको छ । साउदीले पहिलो पटक आयोजना गर्न लागेको क्लब विश्वकप आगामी डिसेम्बर १२ देखि २२ सम्म हुनेछ ।

साउदी क्लब विश्वकपको छैटौँ आयोजक हो ।  मोरक्कोमा भएको पछिल्लो संस्करणको उपाधि  रियल मड्रिडले जितेको थियो । पछिल्लो समय विश्वकप फुटबलको आयोजनाका लागि दावेदारी प्रस्तुत गर्न  लागेको साउदी अरेबियाले फुटबलमा ठूलो लगानी गर्न थालेको छ ।

साउदीको क्लब अल नसरले पनि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई भित्राएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप