सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का पूर्वअध्यक्ष र रजिस्ट्रार सम्मानित

बुधबार, ०३ फागुन २०७९, १५ : ००
बुधबार, ०३ फागुन २०७९

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले २७ औँ वार्षिकोत्सवको अवसरमा परिषद्का पूर्व अध्यक्ष र पूर्व रजिस्ट्रारहरुलाई सम्मान गरेको छ । 

बुधवार परिषद्को  वार्षिकोत्सवको अवसरमा पूर्व अध्यक्षहरू भरत झा, प्रा.डा. शिवकुमार राई, हरि कुमार लम्साल, डा. श्रवणकुमार मिश्र, दिपेन्द्र कुमार झा र राम प्रसाद भण्डारीलाई स्वास्थ्य मन्त्री पदम गिरीले सम्मान गरेका हुन् । 

यस्तै पूर्व रजिस्ट्रारहरु श्याम गौतम, राम सागर चौधरी, धनप्रसाद पौडेल, शोभा गौतम, कुम्भराज खाती र काशीनाथ रिमाललाई पनि दोसल्ला र प्रमाणपत्र प्रदान गरी मन्त्री गिरीले   सम्मान गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप