मनाङले अनुबन्ध गर्यो उज्वेकिस्ताका विंगर
बुधबार, ०३ फागुन २०७९, १५ : २२
काठमाडौं । मनाङ मर्स्याङ्दीले उज्वेकिस्तानका विंगर सेदजामोल दाभ्लातजोनोभलाई अनुबन्ध गरेको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब मनाङले बुधबार सामाजिक संजालबाट विंगर सेदजामोललाई अनुबन्ध गरिएको जनाएको छ ।
२५ वर्षीय विंगर सेदजामोलले विंगरले उज्वेकिस्तानको शीर्ष डिभिजनको लिग खेलिसकेका छन् ।
उनी उज्वेकिस्तानको यू–१८, यू–१९ र यू–२० टिमबाट खेलिसकेका खेलाडी हुन् ।
मनाङले यसअघि मनाङले बार्सिलोनाका पूर्व डिफेन्डर डावान्डु डियाग्नेलाई अनुबन्ध गरेको थियो ।