सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आयुर्वेद चिकित्सा परिषद्ले माग्यो लाइसेन्स परीक्षाको आवेदन

बुधबार, ०३ फागुन २०७९, १५ : ३४
बुधबार, ०३ फागुन २०७९

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्को आयुर्वेदको स्थायी नाम दर्ता लाइसेन्सको परीक्षा चैत्रमा हुने भएको छ । 

परिषद्ले बुधबार सूचना जारी गर्दै स्नातक तह (बिएमएस) उत्तीर्ण गरेकाहरुका लागि लाइसेन्सको परीक्षा हुने जानकारी दिएको हो ।

परीक्षा २०७९ चैत्र  ३ गते शुक्रबारदेखि परीक्षा सञ्चालन हुने छ । नियमित शुल्कमा यही ४ फागुनदेखि १८ गतेसम्म फारम भर्न सकिने छ  ।

यद्यपि विलम्ब शुल्क तिरेर भने  १९ गतेदेखि २६ फागुनसम्म हुने आयुर्वेद चिकित्सा परिषद्ले जनाएको छ ।

ayrved

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप