सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनकपुर यातायात कार्यालयका दुई जना बिचौलिया पक्राउ

बुधबार, ०३ फागुन २०७९, २० : ०८
बुधबार, ०३ फागुन २०७९

जनकपुरधाम । मंगलबार मधेस प्रदेशको प्रदेश सभा बैठकमा यातायात व्यवस्था कार्यालय जनकपुरमा भइरहेको भ्रष्टाचारबारेमा सांसदहरूले उठाएको आवाजको प्रभाव परेको छ ।

नेकपा एमाले मधेस प्रदेश सांसद दीपेन्द्र कुमार ठाकुरले यातायात कार्यालय जनकपुरमा महिनामा १० करोड भ्रष्टाचार भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेका थिए ।

त्यसलगत्तै बुधबार प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुई जना बिचौलियालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको लोहरपट्टी नगरपालिका ३ का अनिल साह र महोत्तरीकै एकडारा ३ बस्ने विरेन्द्र साहलाई पक्राउ गरेको हो ।

यातायात कार्यालयमा आर्थिक लाभ लिएर काम गरिरहेको गुनासो पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक(डिएसपी) वेद प्रसाद गौतमले बताए । यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको डिएसपी गौतमले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप