मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एन्फा अध्यक्ष नेम्वाङ एएफसीको डेभलपमेन्ट कमिटीमा मनोनीत

बुधबार, ०३ फागुन २०७९, २० : ४५
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी) को डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा मनोनीत भएका छन् ।

डेभलपमेन्ट कमिटी एएफसीको एउटा महत्त्वपूर्ण समिति हो जसले सदस्य संघहरू (एमएस) र क्षेत्रीय संघहरू (आरएएस) लाई बलियो समर्थनलाई जोड दिन्छ । यो एमएएस र आरएएसलाई फुटबल चलाउन र विकास गर्न सक्षम बनाउन सेवाहरू र अन्य समर्थनहरू प्रदान गर्न जिम्मेवार छ ।

अध्यक्ष नेम्वाङ बहराइनमा सम्पन्न ३३औँ एएफसी कंग्रेसमा एएफसी कार्यकारी समितिको सदस्यमा पनि निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप