सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागूऔषधसहित श्रीमान-श्रीमती पक्राउ

बुधबार, ०३ फागुन २०७९, २१ : १६
बुधबार, ०३ फागुन २०७९

धनगढी । कैलालीको धनगढीमा श्रीमान श्रीमती लागुऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१० खप्तड इँटाभट्टा नजिकबाट लागूऔषधसहित श्रीमान श्रीमती पक्राउ परेका हुन् ।

८५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–१५ का २३ वर्षीय हुकुम राना र श्रीमती २३ वर्षीया निलु चौधरी पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१–००९ प २५८३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार दुबै जनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।त्यस्तै गोदावरी नगरपालिका–१ का २४ वर्षीय सुमन थापा ४ ग्राम ३९० मिलिग्रामसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले थापालाई घरबाटै पक्राउ गरेको हो ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप