आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जापान घुमेर फर्किँदा धादिङको नीलकण्ठका प्रशासकीय अधिकृत श्रीलंकामा अड्किए

बुधबार, ०३ फागुन २०७९, २२ : १४
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । जापान घुमेर फर्किँदा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीलंकाको ट्रान्जिटमा रोकिन पुगेका छन् । सपिङका लागि भनेर निस्किएका प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त ट्रान्जिटमै अड्किन पुगेका हुन् । 

नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाले जहाज छुट्दा प्रमुख प्रशासकीय अधिकृत श्रीलंकामै अड्किएको र उनी बिहीबार अर्को टिकट काटेर आउने तयारी भएको बताए । 
उनकाअनुसार नगरपालिकाका उपमेयर दीपक विश्वकर्मासहितको १३ जनाको टोली जापान भ्रमणमा गएको थियो । उनीहरु जापानको कार्यक्रम सकेर श्रीलंका हुँदै फर्किँदा प्रमुख प्रशासकीय अधिकृत भने जहाज छुटेर त्यतै अड्किन पुगेका हुन् । अन्य १२ जना भने बुधबार नै स्वदेश फर्किसकेका छन् । 

‘उपमेयर धादिङ आइसक्नु भयो । प्रमुख प्रशासकीय अधिकृतचाहिँ बजार निस्कँदा उतै अलमलिएर प्लेन छुट्न पुगेछ’, उनले भने, ‘उहाँ भोलि आउनुहुन्छ ।’

नीलकण्ठ नगरपालिका र जापानको कोची प्रिफेक्चरको युसुहारा नगरबीच भगिनी सम्बन्ध कायम गर्ने सिलसिलामा नगरपालिकाको टोली जापान गएको हो । गत फेब्रुअरी ५ मा उपमेयर र अरु १२ जना फेब्रुअरी ६ मा जापान उडेका थिए । 
कतिपयले श्रीलंकन पुलिसले जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको भनेर हल्ला चलाएपनि त्यसमा कुनै सत्यता नभएको मेयर ढुंगानाले जिकिर गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप